बुलेट बाइकको ठक्करले चितुवा ठहरै, चालक सामान्य घाइते
पाेखरा | बैशाख ५, २०८०
फोटोः सामाजिक सञ्जालबाट
पोखरा: म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौर घैयारामा बुलेट बाइकको ठक्करबाट चितुवाको मृत्यु भएको छ ।
बागलुङदेखि बेनीतर्फ आउँदै गरेको बा २ प ४०७१ नम्बरको बुलेट बाइकले बेनी नगरपालिका १ घैयारामा सडक माथिबाट एक्कासी आएको चितुवा बाइकसँग ठोक्किदा चितुवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी किरण लामाले जानकारी दिए ।
‘आज साँझ अन्दाजी ७ः१० बजेको समयमा बागलुङदेखि बेनी तर्फ आउँदै गरेको बुलेट बाइकसँग रत्नेचौरको घैयारामा सडक माथिबाट एक्कासी आएको चितुवा बाइकसँग ठोक्किदा चितुवाको मृत्यु भएको हो, ‘लामाले भने, बाइकको ठक्करबाट चितुवाको मृत्यु भएपनि बाइकमा सवार दुईजना सामान्य रहेका छन् ।’
बाइकको ठक्करबाट मृत्यु भएको चितुवालाई मुचुल्का उठाएर डिभिजन वन कार्यालय म्याग्दी लगिएको छ ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

